धारावाहिक कथा - "साहिलीबज्यै"

साहिलीबज्यै -२"         साहिलीबज्यैको भूमिका नेपालमा  यू एन को भूमिका भन्दा प्रभावकारी भयो, त्यो मङ्गलेको घरलाई । अघी भखर ग्रिहयुद्धको चरम बिन्दुमा पुगेको मङ्गलेको घर अब बिस्तारै शान्ति ,सदभाव र मिलन तर्फ उन्मुख भयो ।
  साहिलीबज्यै उठेर घरतिर लागिन । मङ्गले बिस्तारै मङ्गलीको छेउमा पुग्यो । छताचुल्ल छरिएका मङ्गलीको केशलाई बिस्तारै सुम्सुम्याउदै बोल्यो," कस्तो दैबको जस्तो ब्यबहार गरेछु मैले ?उठ अब तैले मात्र होईन हामी दुबै मिलेर खाना बनाउ अनी सगै बसेर खाउ । अब जिवनमा कहीले पनि यी हातहरु
तेरो शरिर  माथी प्रहार हुने छैन । "मङ्गलेले यति भनि सक्दा मङगली मुन्टो निहुराइ रहेकी थी । फेरि मङ्गलेले मङगलीको केश अली कडा रुपले समात्यो र आफु तिर तान्यो । मङग्लीको मुहार आफुतिर फर्किन्दा उस्का नाकबाट रगत बग्दै थियो । छेवैको थाङ्नाले मङगेलेले मङ्गलीको नाक पुछपाछ पारि दियो अनी फेरि मङ्गलीको कानैमा आफ्नो मुख जोतेर भन्यो,
"हेर ! यो रगतको मुल्य म चुक्ता गर्ने छु ,तर भन्न सक्दिन .....यहाँ हजारौं रगत बगेका छन् कसैको रगतको पनि मुल्य कसैले चुक्ता गर्न सक्दैन। म तेरो जिवनको आधा भाग आज यो हामी बीचको झगडा तेसैले निम्त्याएको हो जो हामी सग छैन । तेरो शरिरबाट बगेको आजको रगत मेरो लागी तागत ...अनी
साहिलीबज्यैको मार्गदर्शन यी दुई कुराले म यो हाम्रो घरको परिवर्तन्को बाटो खोल्नेछु । त्यो बाटोमा तो  र म अनी यो समाज सुखी हुनेछ । "मङ्गलेको  सबै कुरा त मङगलीले पकै बुझिन होला तर उस्ले एउटै कुराको
हेक्का राखी त्यो हो "सुख अनी  सुखि" । सुख  र सुखी दिन आउछ भने कस्को मन
ढुङ्गाको हुन्छ र झन मङगली त एक नारी..... ।
    मङ्गलीले बैस्तारै मङगलेको हात समाइ अली अली कापेको शरीर र  ओठले लर्बराउदै शब्द ओकली ," तिमीले साह्रै पिटेउ ,धरै दुख्यो अब कहीले पनि पिटदिन भन ,अनी मुग्लान गएर सुन र पैसा ल्याउछ भन मेरो यो दुखाइ सबै बिर्सी दिन्छु , यो घर म थाम्छु ,तिमीले ल्याएको पैसाले हामी ठुलो घरबनाउला ।"

    मङ्गले निकै खुशी भयो । आखिर मङ्गलेको एक्लो मुङ्लान यात्राले कतिनै खलो सर्छ र घरकी दरो छैन भने । यो मङ्गलेलाई राम्ररी थाहा छ । हजारौंको मुग्लान यात्राले सबैको घर  कहाँ भनेको छ र ? घरबार राम्रो चलाउन मुङ्लान गयेका कतिको घरबार उठेको पनि त छ  नी तर आज यस्ले मलाई ठुलो आट र हिम्म्त दिदैछ । मङगले मन मनै सोच्छ । एकोहोरो अघि आफुले हानेको लातको डाम हेरेर टोलाइ रहन्छ । मङ्गली नजिकैको कुचो मङगलेको आँखा सामु हल्लाउछे ।  बातावरण अलिक सुन्सान हुन्छ । बाहिर रातका ज्याउकिरीहरु किरिरी गर्न थाली सकेका छन् । सबैका घरमा साझाको टुकी बलीसकेको छ । मङ्गले र मङ्गली दुबै निभेको अगेनो र अगुल्टो ठाकठाक्ठुक्ठुक पार्न थाल्छन  ।

 साहिलीबज्यै -3


"लु  हेर हेर घाम झुल्किन लागि सक्यो , यी जोइ पोइ को उठने तरखर छैन की के हो ?"मङ्गलेको झुपडीको प्रबेशद्वार नखोलिएको देखेर साहिलीबज्यै गनगनाउदै मङ्गलेको घरमा पुग्छिन।
"होईन नी साहिलीबज्यै उठिसकेका छौ ,चिसो सिरटो अगेनसम्म  नै पुग्यो र पो ढोका ढप्क्याएको हो । छिस्किनी त खुल्ला नै छ आउनुहोस् है भित्रै "मङ्गलीले अदुवाको झोल डाडुले पस्कदै भनि । " अनी यो चाँही के गर्दैछ नी मुग्लान जाने भन्छ अगेना रुगेर बस्छ खै यस्ताले के गरेर आउछ होला ? अदुवाको झोल पिउदै गरेको मङ्गलेपटी फर्केर साहिलीबज्यै कराइन । "ओइ ! साहिलीबज्यैलाई पनि यो तातो झोल दिहाल त" ,मङ्गले उस्कै घुडाले छोएको हलुङ्गेको बटुका देखाउदै बोल्छ । साहिलीबज्यै पिर्कामा बस्छिन ।  तिनै जना अदुवाको झोल पिउछन । घामले क्षितिजलाई निकै छाडिसकेको छ ।  बारीतिर कोदालोको आवज सुनिन्छ । कतै होरी होरी ,ह ह पच तारे माले जस्ता आवज प्रस्स्तै सुनिन् थालेको छ । अली परको उकालो बाटोमा कालीबन तिर घास दाउरा जानेको छनक पनि मिल्छ  .  एक कान दुइकान मैदान हुँदै आज मङ्गले मुग्लान हिड्ने  कुरा गाउमा सबैलाई थाहा भैसकेको छ । कतीले खुशी र राम्रो को सङ्केत गरे कति ले मङ्गलेको मुग्लान यात्रा सुन्दा ओठ बटारे । कतिले चन्डाल्नी सहिलीबज्यैको काग्ताले हो नी सबै कुरा भन्दै बज्यैपटी धारे हात बनाए ."हेर मङ्गले म तेरो बाबुको पालादेखिनै तेरो घरको बारेमा जानकार छु । आज मुग्लान जान लाग्दैछस ,सुनेको छु मदेशमा मलेरियाको माहामारी छ रे ,चारकोषे ,पथलैया,रानिबान अनी तुङ्सुङ भिरमा राम्रो ख्याल गरेस । लामखुट्टे बाट जोगिनु । नेपालतिर जानेहरुले पनि बाटोको लागि सामल र काजक्रियाको सामल बोकेर फर्के आउँला बिते जाउला भन्दै  हिडछन अरे। राम्रो कमानु ,आउने जाने मान्छे पाए मङ्गलीलाई खर्च पठाउनु । " साहिलीबज्यै अगेनाको अली मधुरो रापले हात सेक्दै मङ्गलेलाई सम्झाउछिन । मङ्गले केहि नबोली  आगेना छेउतिरको फुल खरानी खेलाई बस्छ । मङगेली साहिलीबज्यैको सुम्धुर आशिष स्वर सुनिरहनछे । " होईन मङ्गली तो चाँही किन एकोहोरो नी झोला ठीक पारीदे । " साहिलीबज्यै मङगलीको ध्यान भङ्ग पार्छिन । सबै तयार छ साहिलीबज्यै भन्दै मङ्गली नजिकै को पुरानो खाकीको झोला देखाउछे ।  एकैछिन पछि मङ्गलीले गिलो गिलो मकैको भात र पातलो मही मङगलेको अघिल्तिर राखी । साहिलीबज्यै मङ्गले घरको रामकहानीमै हुँदा मङ्गलेले थाल चाट्चुट पारिसक्छ । ला यो सातु बाटोमा खानु बाँकी भए उतै लानु  साहिलीबज्यैले  मङगले खाकीको झोलको तुना मिलाउदै हुँदा कालो कपडाको एक पोका मङ्गलेलाई दिन्छिन । सबै बाटोको बन्दोबस्ती मिलाएर मङ्गले झोल बोकेर झुपडीबाट निस्किन्छ । साहिलीबज्यै र मङ्गली   माथी हुलाके चौतारो सम्म पुर्याउन जान्छन ।  तीन जना चौतारोमा पुग्दा अरु गाउलेहरु र बटुवाहरु चौतारो म बसिरहेका थिए । " होईन हौ मङ्गले कता पो हिडेको नी आज ? " सुब्बा माइला मङ्गलेलाई प्रशन गर्छ । मङ्गले निन्यारो मुखले नबोली बस्छ । " मुग्लान हिंडेको मुग्लान ,कमाउनलाई ,के तिमीहरुलाई पनि जाऔ जाऔ लाग्यो ? " साहिलीबज्यैले मङ्गलेको यात्राको जानकारी ठुलो  स्वरले गराइन । "अबो म लागे है साहिली बज्यै ,यो मङ्गलीको हेर्बिचार गरिदिनु होला ,सहिलीबज्यै कै भरमा छोडेको छु है । "मङ्गले रुन्चेस्वरले बोल्दै पाइला अगाडी सारयो । चौतारो नजिकै घरबाट डल्लेमाइलोले मङ्गलेको साइतलाई भनेर आकशतिर नहरर्सिङ्गको फुदो तेर्स्याइ एक पल्ट मज्जाले बजाइ दियो ।आखिर बिदाइको क्षण कहाँ रमाइलो हुन्छ र ? चौतारो चकम्न्न  भयो। मङ्गले माथी ठुलो कटुस बोटमा पुग्यो ।अली अली दौराको फेर सबैले देख्दा देख्दै मङ्गले  कुवापानी कमानेडाडा हुँदै सबैको आखाबाट छेलियो । यता मङलीको आखामा नजानिदो पाराले आशुका ढिक्काहरु टिल्पिलाउदै थिए । " धत ! लाटी , आटी छोरालाई धुलो न मुलो न मलेरिया आइज जाऔ ,भनेर साहिलीबज्यैले पाखुरामा तानेर झुपडीतिर लगिन।           

"साहिलीबज्यै -४"   

       हुँ हुँ हा हा हुँ हुँ एकोहोरो आईमाई  मान्छे रोएको आवज साहिलीबज्यैको कानको पर्दामा कम्पन हुन्छ । साहिलीबज्यै हतार हतार फुस्किएको पटुका बाध्न नभ्याइ घिसारदै मङ्गलेको झुपडीमा पुग्छिन ।मङ्गली अगेनाको छेउमा लम्पसार परेर छटपटाइ रहेकी छे । हन ए मङ्गली ! मङ्गले हिंडेको पनि नौ पूरा भएर दश महिना  लागेछ होईन, मैले त औंला  पनि भाचिन। आजको पुर्णे त कट्छ होला भन्ने लागेको थियो, बेला त भै पो सकेछ, भन्दै साहिलीबज्यै मङ्गलीको फुलेको पेटमा हात पुर्याउछिन । मङ्गली झन जोडले एया एया मरे मरे हुँ हुँ भन्दै पिडाको चरम बिन्दुमा पुग्छे । "धरै हल्ला नगर ,हामीले पनि पाच सात वटा धुलो मै पाएका हौ । न साथी न बुढो ,तेरो लागि त म छु नी हौ म छु। "साहिलीबज्यै मङ्गलीलाई गाली गर्दै सान्तव्ना दिन्छिन । मङ्गली झन बेसरी कराउछे ,छटपटाउछे ,साहिलीबज्यै नजिक नजिक आएर कहीले खुट्टा ,कहीले पेट कहीले छाती समाइ दिन्छिन । बेला बेला पानी पिलाउछिन । पिडाको अन्तिम क्षण थियो शायद त्यो ,मङ्गली जोडले कराइ र बल गरी । अन्त्तत 'च्या' 'च्या' गर्दै धर्तीमा एउटा नयाँ मान्छेले पाइला टेक्यो। पर पुर्वको  क्षितिजमा पुर्णिमाको जुनको उदय हुदैथियो । शिरिरी समसाझको बतास चल्यो । छेवैको धुपीको बोटमा रुप्पी र भङ्गेराहरु कु ..चु ..चु गर्दै बचेरालाई बास बसाउदै थिए। साझको मङलध्वानी स्वरुप चौतारो छेउको घरबाट डल्लेमाइलो सधै झै आज पनि नरहसिङा बजाउदै थियो ।
   मङ्गली होशमा आउँदा साहिलीबज्यैले सालनाल छुट्याइ नानीलाई थाङ्नामा बेरबार पारिसकेकी थिन । अनी मङ्गलीको नजिकै तातो माड र अरु खाने कुरा पनि राखी सकेकी थिन । मङ्गली बिस्तारै कोल्टो फेर्ने कोषिस गर्छे तर सक्दिन । "हेर हेर नाक उस्कै बाबुको ,आखा त मङ्गले कही गएनछ । मुख चाँही मावली तिर गएको हो की !!"साहिलीबज्यै थाङ्नामा बेरेको नानीलाई हलुका हात र मधुरो तापले स्पर्श गर्दै गनगनाउछिन । एक पल्ट बच्चा निकै जोडले रोयो । फेरि साहिलीबज्यै बोलिन ,"स्वर तिखो छ पछि गायिका बन्छे । " साहिलीबज्यैको त्यो शब्द मङ्गलीको कानमा राम्रैसग अनुदर्य तरङले प्रशारण गर्‍यो । अनी मङ्गली होशमा आए पनि बेहोशी जस्तै ,नदुखे पनि दुखे जस्तै ,सिने पनि नसुने जस्तै गरेर लम्पसार परि रही । साहिलीबज्यै बच्चासग बोल्छिन । कहीले मङ्गलीलाई  खाना बनाउछिन । मङ्गली मन मनै साहिलीबज्यै को 'गायिका बन्छे' भन्ने शब्द सम्झिन्छे र भित्र भित्रै ढुखी हुन्छे ।'छोरा पाउने आशा थियो ,छोरी परेछ ,छोरी त म जस्तै अर्काको घर जाने जात न हो 'थुक्क मेरो कर्म !भोली गाउलेले पनि मलाई छोरी पाइ भनेर हेला गर्छन होला । मङगली मन मनै बिभिन्न कुराको जालोले मन बेर्छे । निकै बेरको आत्मा तर्कनासगै मङ्गलीले  कोल्टो फेरि । कोल्टो फर्कदा साहिलीबज्यैको  काखमा भएको थाङ्नाको सानो मान्छेलाइ झल्यास्स देखि । उ छाङ्गाबाट खसे जस्तै भइ। कता कता मुग्लानमा गएको मङ्गलेको  याद मान्स्पटलमा दगुरे ।मुग्लान जाने अघिल्लो रात याद गरी । माइतीघरबाट टाढा हुँदा मङ्गलेले दर्साएको स्नेहको याद गरी । मङ्गलेको माया र भकुरेको दिन सम्झी । "देखे पछि माया लाग्छ "साचै यो क्षण मङ्गलीको लागि सत्य भयो । आखिर आफ्नो सन्तानको माया कुन आमालाई हुदैन होला ?झन मङ्गली त एक्लो मुग्लान गएको बुढालाई कुरेर बस्नु पर्ने । ती सानी बच्ची अब मङ्गलीलाई आफ्नो मुटु भन्दा ठुलो र प्यारो लाग्यो । उस्ले मन मनै यो सोची की मैले सन्तानको मुहार हेर्नु ढिला गरीसकेछु । पैदा भएको पनि घन्टौ भैसक्यो । छोरा न छोरी । उस्तै हुन । म पनि छोरी त हो नी अनी यी साहिलीबज्यै पनि । छोरी पाएकोमा समाजले जे भने पनि मलाइ गर्व छ । मेरो छोराको चाहानाको अन्त्य मात्र होईन अब मेरो गर्वमा छोरा कहिल्यै नबसोस । छोरी नै मेरो जीवन हो । हतार हतार सकी नसकी 'खै साहिलीबज्यै अब यता देउ "भन्दै हात तेर्स्याउछे । चुक चुक गर्दै बिस्तारै साहिलीबज्यै नानी मङगलीलाई दिन्छिन । अनी पुरानो आफ्नो पालाको रत्यौलीका केही गीतहरु गुनगुनाउछिन:-
"बारैमा बस्ने नी पहेली चरी
के ल्यायौ खबर
जेठा नै भाई को वर्तमान आरे
येही ल्याए खबर
जाइ जुम भने नी सौताको खटन
नजाउ त जेठा भाई
राजै
नजाउ त जेठा भाई...."  मङ्गली छोरीलाई दुध चुसाउदै साहिलीबज्यैको छोरीको पिडा र बेदनाका तरेलीहरु सुनीरहन्छे । केही छिनमा मङ्गली आमा भएको सन्तोशमा फुस्स निदाउछे । साहिलीबज्यै अगेनातिर पिठ्यौ फर्काएर एउटा चिर्पट सिरानी लगाइ मङ्गलीको हेरचाह गर्दै निदाउने कोसिस गर्छिन ।रात निकै छिपिएको छ । धरै तल कुकुर भुकेको आवज सुनिन्छ । गाउ चकमन्न र सुन्सान महशुस हुन्छ । निकै टाढा स्याल कराएको मधुरो आवज पनि सुनिन्छ       कथा -



"साहिलीबज्यै -पाच [5]"-


     शायद यो फागुनको अन्तिम अन्तिम हो  । जङ्गलका रुखका पातहरु पत्करमा परिणत हुदैछन  । धरै तल टिस्टा नदी निलो रङले छछल्किन्दै बिस्तारै बहेको छ । नदीबाट उकालो लागेको हावाको एक झोक्काले त्यो जङ्गलका रुखहरुलाई अङ्गालो हाल्छ । सररर पातहरु डाली र हागा हुँदै भुइसम्म् आइपुग्छन । पाउलो फेर्नु हतारिन्दै गरेको बिलौनेको बोटबाट एउटा चरी निरन्तर् आवज निकाल्छ ,"बित्यो, बित्यो "। आरा काटदै गरेको मङ्गलेको कानमा यो आवाज आज अनौठो पाराले गुन्जियो । अनी हतपत आरा फालेर आराधरान नजिकै मुढा जोतेको छेउमा बस्यो । 'होइन आज यो चरा किन यसरी बोलिरहेछ ,यतीका बर्ष बिताए यो जङलमा,कती अजिग्गर ,कती सर्प कति लाम्खुट्टे ,कती उपिया र उडुस अनी कति जुका र बिच्क्षीसग लडे आज यो एउटा चराले मेरो तागत गुमाएको ठान्दैछु । आखिर के बित्यो ?' मङ्गले अङ्गेरी पातमा सुर्ति सल्काउदै मनमनै सोचिरहन्छ । उस्ले पहिला आफूलाई नै हेर्यो । हो बितेकै हो ,मेरो उमेर ,अनी घर ,गाउ ,समाज छोडेर यहाँ आएको बर्षौ भयो , समय बितेकै हो । एकछिन पछि अझै प्रस्ट स्वरले चरी कराइ "बित्यो , बित्यो "। यो बेला भने मङ्गले निकै निरस ,निकै नर्मस र निकै उदास भयो । उस्ले हत्पत सम्झ्यो 'मेरी मङ्गली !'अझै सम्झ्यो घर छोड्ने अघिल्लो रात,। तेती मात्र कहाँ हो र त्यो रातको गर्वधान सगै सन्तानको मुख हेर्ने समय ,अझै सम्झ्यो मेरी साहिलीबज्यै !'उ नजानिदो पाराले भाबुकताको अन्तिम बिन्दुबाट धरै तलको टिस्टा नदी हेर्दै थियो । नदी किनारामा फुस्स फुस्स निलो   कालो धुवा फुस्फुसाउदै र मान्छेहरुको कोलाहलकै बिचमा फेरि एकपल्ट त्यो चरी बोली ,"बित्यो बित्यो " । मङ्गले एक तमासाले त्यो तल नदी किनारा नियाल्छ अनी कानमा चरीको आवजलाई गुन्जायमान गराउछ । उ झवाट् सम्झिन्छ साहिलीबज्यै !अनी कता कता भावबिहल हुँदै कल्पन्छ सम्झिन्छ मेरी साहिलीबज्यै ! जस्को छत्रछायामा म हुर्के ,जसको माया र ममतामा जीवन गुजारा गरे अनी जस्को प्रेरणाले मुग्लान आए ,अलैची बारी र चिया बगान अनी जङ्गलको आरा कटानले भए पनि दुइ पैसा कमाउदैछु । त्यो तल टिस्टा नदीको किनाराको मान्छे र मलामी अनी फुस्फुसाउदै गरेको धुवा कतै मेरी साहिलीबज्यैको बिदाइ त  होईन ? अनी यो चरीको आवज साहिलीबज्यै बितेको खबर पो हो की? तर होईन ,यस्तो हुनु सक्दैन । मेरी साहिलीबज्यैले मेरो पौरख खानु छ ,मेरो कमाईलाई सहि उपयोग गर्नु छ म जस्ता गरीब निमुखा र अचेतनाका मान्छेहरुमा वा त्यो पुरै गाउमा एउटा नौलो आयाम लगाउनुछ । हे इश्वर ! मेरी साहिलीबज्यैलाई केही नहोस् है ! । मङ्गले चरीको आवजलाई बिभिन्न अड्कल्बाजी लगाउदै साहिलेबज्यै प्रती घनघोर सदभाव ,माया र आदरले सम्झिन्छ । नदी बाट उकालो लागेको बतास फेरि त्यो जङ्गलको रुखहरुमा ठोकियो । हजारौं पताहरु सरर भुइमा खसे । अनौठो आवज गुन्जियो बतास र पताको समिश्रणले ।  मङ्गले धरै परको भोटेबस्ती ,तुङ्सुङ्बस्ती ,चौरावश्थ अनी क्षितिजपारीको आफ्नो झुपडी ,मङ्गली अनी साहिलीबज्यैको सम्झनामा आँखा रसाउदै बसीरहन्छ । केहिपरको सोम्बारे हाटबाट अली अली मैकिङ को आवज सुनिन्छ । आकशे रबी अबो डुब्नु डुब्नु लागेको छ । सयै आराधरानमा कयौ काठ चिरानको नरमाइलो आवज सुन्दै 'अब म एक दिन पनि मुग्लान बस्दिन ,भोली नै घर फर्किन्छु । मेरो साहिलीबज्यैलाई भेट्छु । अनी आज सम्मको बनी बुतोले गाउमै केही गर्छु 'भन्ने मनसायले मङ्गले बिस्तारै उठेर आराधरानतिर  लाग्छ ।  रातभरी साहिलीबज्यैलाई सम्झदै उज्यालो हुन्छ । टाइगरहिलबाट उदयमान रोशनीसगै खाकीको झोला बोकेर मङ्गले आफ्नो देश् ,झुपडि र साहिलीबज्यैको दर्शन तर्फ लाग्छ।    
क्रमस:                 
बुद्धि मोक्तान

1 comment:

  1. Netritav lai subhakaamanaa ani aru lekha ra rakathha haru pani padna paiyos s

    ReplyDelete

malai man paryo